दफा ४२४: सम्पत्ति भोग गर्न नपाए रकम वा क्षतिपूर्ति पाउने

Estimated reading: 0 minutes 3 views

१) यस परिच्छेद बमोजिम कसैले सम्पत्ति बिक्री गरी हस्तान्तरण गरेकोमा त्यसरी हुने हस्तान्तरण कुनै व्यहोराले कच्चा भई खरिदकर्ताले पूरै वा आंशिक रूपमा सम्पत्ति भोग गर्न नपाएमा त्यसरी भोग गर्न नपाए जति सम्पत्तिको खरिदकर्ताले तिरेको रकम, त्यस्तो रकमको वार्षिक दश प्रतिशतका दरले हुने ब्याज र सम्पत्ति हस्तान्तरण गर्दा रजिस्ट्रेशन दस्तुर वा अन्य रकम तिरेको भए त्यस्तो रकम समेत खरिदकर्ताले त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट कपाली सरह भराई लिनु पाउनेछ।

२) कसैले यस परिच्छेद बमोजिम खरिद गरेको सम्पत्तिमा कुनै संरचना बनाएकोमा त्यसरी गरिएको खरिद कुनै कारणबाट कच्चा भई सो सम्पत्ति निजले भोग गर्न नपाउने भए छ महिनाभित्र आफूले बनाएको संरचना भत्काई लैजान पाउनेछ।

३) कसैले दफा ४१९, ४२१ र ४२२ विपरित सम्पत्ति हस्तान्तरण गरेको वा उपदफा (२) बमोजिम कुनै संरचना भत्काई नलगेको कारणबाट कुनै व्यक्तिलाई मर्का पर्न गएमा निजले उपदफा (१) बमोजिमको रकमको अतिरिक्त आफूलाई पर्न गएको वास्तविक हानि, नोक्सानी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट क्षतिपूर्ति समेत भराई लिनु सक्नेछ।

४) यस परिच्छेद बमोजिम भए गरेको कुनै कारणबाट दान पाउन सक्ने वा दान वा बकस पाउने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्न नपाई निजलाई मर्का पर्न गएमा यस परिच्छेदका अन्य दफाका अधीनमा रही दान वा बकस दिने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ।

तर शेष पछिको बकसपत्र बदर भएकोमा क्षतिपूर्ति भराई लिन पाउने छैन।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सम्पत्ति प्राप्त गर्नेले उपदफा (१), (३) र (४) बमोजिमको रकम भराई लिन पाउने छैन:

(क) अन्य व्यक्तिको वा चोरीको सम्पत्ति हो भन्ने जानी जानी लिएमा,

(ख) अन्य व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति जानी जानी लिएमा।

Share this Law

दफा ४२४: सम्पत्ति भोग गर्न नपाए रकम वा क्षतिपूर्ति पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.