दफा १४४: हिसाब किताब दुरुस्त पर्ने

Estimated reading: 0 minutes 6 views

१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचार गर्दा लागेको खर्च तथा निजको सम्पत्ति व्यवस्थापन गर्दा भएको आय व्ययको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गने विवरण दुरुस्त राख्नु पर्नेछ ।

तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा त्यस्तो हिसाब किताब राखु पर्ने छैन ।

२) उपदफा (१) बमोजिम राखिएको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण संरक्षकले असक्षम वा अर्धसक्षम व्यक्ति कानून बमोजिम उमेर पूरा गरेको वा निजले आफू कामकाज गर्न सक्षम भएको कुरा लिखित रूपमा अदालतलाई जानकारी गराएको मितिले एक वर्षभित्र त्यस्तो व्यक्ति समक्ष पेश गर्नु पर्नेछ।

३) आफ्नो संरक्षकत्वमा रहेको अवस्थामा कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भएमा संरक्षकले उपदफा (१) बमोजिमको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण निजको मृत्यु भएको मितिले छ महिनाभित्र निजको नजिकको हकवाला समक्ष बुझाउनु पर्नेछ।

Share this Law

दफा १४४: हिसाब किताब दुरुस्त पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.