दफा १३६: संरक्षकको प्राथमिकताक्रम

Estimated reading: 1 minute 9 views

१) यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहायका प्राथमिकताक्रमको व्यक्ति असक्षम वा अर्धसक्षम व्यक्तिको स्वत: संरक्षक हुनेछ:-

(क) एकासगोलका पति वा पत्नी,

(ख) बाबु वा आमा,

(ग) एकासगोलका छोरा, छोरी वा विधवा बुहारी,

(घ) भिन्न भएको पति वा पत्नी,

(ङ) भिन्न भएको छोरा, छोरी वा विधवा बुहारी,

(च) बाजे वा बजै,

(छ) नाति वा नातिनी,

(ज) दाजु, भाइ वा दिदी, बहिनी

(झ) मावलीपट्टिका बाजे, बजै, मामा, माइजू ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा देहायको व्यक्ति संरक्षक हुनेछः-

(क) एउटै क्रमका एकभन्दा बढी व्यक्ति संरक्षक हुने भएमा निजहरूले आपसी सहमति गरे बमोजिमको व्यक्ति र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको व्यक्ति,

(ख) मानसिक रूपमा स्वस्थ भएको र दश वर्ष उमेर पूरा गरेको व्यक्तिको हकमा निजले रोजेको व्यक्ति,

तर त्यसरी संरक्षक रोज्दा सोको लिखत गरी अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।

(ग) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिको नाबालक भए निजलाई पालनपोषण गर्ने बाबु वा आमा,

(घ) पहिलो प्राथमिकताक्रमको कुनै व्यक्ति संरक्षक हुन नचाहेमा, निज होस ठेगानामा नरहेमा, बेपत्ता भएको वा निजले संरक्षकको हैसियतले काम नगरेमा सोभन्दा तल्लो प्राथमिकताक्रमको व्यक्ति ।

तर त्यसरी तल्लो क्रमको व्यक्ति संरक्षक हुने भएमा निजले आफू संरक्षक भएको अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।

Share this Law

दफा १३६: संरक्षकको प्राथमिकताक्रम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.