दफा ६७८: सम्पत्ति धनीले दायित्व व्यहोर्नु पर्ने

Estimated reading: 1 minute 4 views

देहायको कुनै कारणबाट कसैलाई हानि, नोक्सानी भएमा सम्बन्धित सम्पत्ति धनीले दायित्व व्यहोर्नेछ:-

(क) कुनै मेसिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढङ्गबाट सुरक्षाका उपायहरू नअपनाएको कारणले विस्फोटन भएमा,

(ख) कुनै प्रज्वलनशील वा विस्फोटक पदार्थलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढङ्गबाट सुरक्षाका उपायहरू नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा सो विस्फोटन भएमा,

(ग) कुनै औद्योगिक प्रतिष्ठानले निर्धारित मापदण्ड विपरित हुने गरी अत्याधिक धुँवा, ध्वनि पैदा गरेकोमा,

(घ) विपद्को कारणले वा कुनै तेस्रो व्यक्तिको कामले बाहेक कुनै राजमार्ग, सडक, गल्ली, बाटोमा रख ढलेको वा ढालेकोमा,

(ङ) निर्धारित मापदण्ड वितरित हुने गरी उपयुक्त ढङ्गबाट पूर्व सावधानीका उपायहरू नअपनाई खुला रूपमा नहर, कुलो, पाइप वा ढलबाट दूषित, विषालु वा सरुवा रोग लाग्ने पदार्थ निष्काशन भएमा ।

Share this Law

दफा ६७८: सम्पत्ति धनीले दायित्व व्यहोर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.