दफा ६२५: हायर पर्चेज करारमा उल्लेख गर्नु पर्ने कुराहरू

Estimated reading: 1 minute 7 views

१) दफा ६२४ बमोजिमको हायर पर्चेज करारमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ:-

(क) वस्तु र त्यसको संक्षिप्त विवरण,

(ख) वस्तुको हायर पर्चेज मूल्य,

(ग) वस्तुको नगदी मूल्य,

(घ) करार प्रारम्भ भएको मानिने मिति,

(ड) भाडामा लिन व्यक्तिले वस्तुको धनीलाई भुक्तानी गर्नुपर्ने किस्ताबन्दी रकम र त्यसको सङ्ख्या,

(च) प्रत्येक किस्ताबन्दी रकम बुझाउनु पर्ने मिति तथा भुक्तानी गर्नु पर्ने तरिका,

(छ) खण्ड (च) बमोजिम रकम भुक्तानी गर्नु पर्ने व्यक्ति र ठाउँ ।

२) उपदफा (१) को खण्ड (च) बमोजिम किस्ताबन्दी रकम नगद बाहेक अन्य कुनै तरिकाले भुक्तानी गर्न सकिने भएकोमा हायर पर्चेज करारमा त्यसको संक्षिप्त विवरण उल्लेख गर्नु पर्नेछ ।

३) यस दफा बमोजिमका कुनै शर्तहरू उल्लेख नभई हायर पर्चेज करार भएकोमा भाडामा लिने व्यक्तिले त्यस्तो करार रद्द (रिस्साइण्ड) गराउन उजुर गर्न सक्नेछ र त्यस्तो कुनै शर्त करारमा उल्लेख नभएको कारणले भाडामा लिने व्यक्तिलाई प्रतिकूल असर पर्ने देखेमा अदालतले त्यस्तो करार रद्द गर्न वा उपयुक्त ठहराएको अन्य कुनै आदेश जारी गर्न सक्नेछ ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि,-

(१) “हायर पर्चेज मूल्य” भन्नाले भाडामा लिन व्यक्तिले वस्तुको पूरा मूल्य भुक्तानी गरी खरिद गर्न वा प्राप्त गर्न भुक्तानी गर्नु पर्ने कुल रकम सम्झनु पर्छ र सो शब्दले धरौटी वा प्रारम्भिक रकमको रूपमा भुक्तानी गर्नु पर्ने रकम समेतलाई जनाउँछ ।

२) “नगदी मूल्य” भन्नाले भाडामा लिन व्यक्तिले नगद भुक्तान गरेर कुनै वस्तु खरिद गर्न सक्ने मूल्य सम्झनु पर्छ ।

Share this Law

दफा ६२५: हायर पर्चेज करारमा उल्लेख गर्नु पर्ने कुराहरू

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.