दफा ६१४: वस्तु उपयोग योग्य नभएमा लिजदातालाई जानकारी गराउनु पर्ने

Estimated reading: 0 minutes 3 views

१) लिजमा लिएको वस्तु उपयोग वा त्यसको कुनै अंश कुनै किसिमले हानी, नोक्सानी वा क्षति भएमा, कुनै कारणले भोगचलन वा प्रयोगयोग्य नभएमा, त्यस्तो वस्तु वा त्यसको कुनै अंश उपर कुनै व्यक्तिले कुनै किसिमले दाबी वा खिचोला देखाएमा वा भोगचलन गर्दा कसैबाट कुनै किसिमले बाधा अवरोध भएमा लिजप्राप्तकर्ताले त्यस सम्बन्धमा लिजदातालाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम जानकारी गराएकोमा लिजदाताले लिजमा लिएको वस्तुलाई त्यस्तो वस्तुको प्रकृति अनुसार पूर्वावस्थामा ल्याउन आवश्यक मर्मत, सम्भार, सुधार वा कानूनी उपचार जे जस्तो गर्नु पर्दछ त्यस्तो कार्य पन्ध्र दिनभित्र गरिसक्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिमको अवधिभित्र लिजमा लिएको वस्तुलाई पूर्वावस्थामा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यस्तो वस्तुको हानी, नोक्सानी वा क्षति भएको, भोगचलन वा प्रयोगयोग्य नभएको, दाबी वा खिचोला परेको वा बाधा अवरोध भएको हो सोही अनुपातमा लिजबहाल रकम घटाउनु पर्नेछ ।

Share this Law

दफा ६१४: वस्तु उपयोग योग्य नभएमा लिजदातालाई जानकारी गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.