दफा ६१३: लिजमा दिएको वस्तुको मर्मत सम्भार गर्नु पर्ने

Estimated reading: 0 minutes 3 views

१) लिज करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक लिजमा दिएको वस्तुको मर्मत सम्भार लिजदाताले गर्नु पर्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिजमा लिएको वस्तु तत्काल मर्मत, सम्भार वा सुधार नगरी त्यस्तो वस्तुको भोगचलन वा प्रयोग गर्न नसकिने भएमा लिजदातालाई जानकारी गराई लिजप्राप्तकर्ता आफैले त्यस्तो वस्तुको मर्मत, सम्भार वा सुधार गर्न सक्नेछ ।

३) उपदफा (२) बमोजिम भएको मर्मत, सम्भार वा सुधार बापतको रकम लिजदाताले शोधभर्ना वा लिजबहालमा समायोजन गर्नु पर्नेछ ।

Share this Law

दफा ६१३: लिजमा दिएको वस्तुको मर्मत सम्भार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.