दफा ५९७: प्रतिनिधित्वको समाप्ति

Estimated reading: 1 minute 3 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा प्रतिनिधित्व स्वतः अन्त्य भएको मानिनेछ:-

(क) प्रतिनिधिले स्वेच्छाले प्रतिनिधि नरहने सूचना मुख्य व्यक्तिलाई दिएमा,

(ख) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अख्तियारी वा करार रद्द गरेको वा करार पालना गर्न असम्भव भएको सूचना प्रतिनिधिलाई दिएमा,

(ग) कुनै खास कामको लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो काम पूरा भएमा,

(घ) खास अवधिको लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो अवधि समाप्त भएमा,

(ङ) मुख्य व्यक्ति वा प्रतिनिधिको मृत्यु भएको वा होस ठेगानमा नरहेमा,

(च) मुख्य व्यक्ति साहूको दामासाहीमा परेमा,

(छ) जुन विषयको बारेमा प्रतिनिधि नियुक्त गरेको हो त्यस्तो विषयको अस्तित्व नै समाप्त भएमा,

(ज) सङ्गठित संस्थाले प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो सङ्गठित संस्था विघटन वा खारेज भएमा।

२) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अधिकार निजले प्रयोग गर्न अघि त्यस्तो अधिकार पूर्ण वा आंशिक रूपमा रद्द गर्न सक्नेछ र त्यसरी रद्द गरेकोमा प्रतिनिधिलाई त्यसको सूचना तुरुन्त दिनु पर्नेछ।

तर प्रतिनिधिले केही अधिकार प्रयोग गरी सकेको रहेछ भने त्यस्तो अधिकार अनुसार भैसकेको कामका लागि अधिकार रद्द भएको मानिने छैन ।

३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एजेन्सी खडा गर्ने मुख्य विषयसँग सम्बन्धित सम्पत्तिमा प्रतिनिधिको पनि हिस्सा भएमा त्यस्तो हिस्सामा प्रतिकूल असर पर्न गरी प्रतिनिधिलाई हटाउन सकिने छैन ।

Share this Law

दफा ५९७: प्रतिनिधित्वको समाप्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.