दफा ५८७: धितो वा धरौट लिने व्यक्तिको अधिकार

Estimated reading: 0 minutes 3 views

१) कुनै वस्तु धितो वा धरौट राखी ऋण लिएकोमा त्यस्तो ऋण लिने व्यक्तिले निर्धारित समयभित्र ऋण वा त्यसको ब्याज भए त्यस्तो समेत चुक्ता नगरेमा धितो लिने व्यक्तिले कानून बमोजिम कारबाही चलाई ऋण बापत असुल उपर हुनु पर्ने रकम त्यसरी राखिएको धितो प्रचलित बजार मूल्य अनुसार बिक्री वा लिलाम गरी असुल उपर गर्ने वा त्यसरी बिक्री वा लिलाम हुन नसके कानूनको अधीनमा रही त्यस्तो धितो आफ्नो स्वामित्वमा सार्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम धितो रहेको वस्तु धितो लिने व्यक्तिले ऋणीबाट असुल उपर गर्नु पर्ने रकमभन्दा कम मूल्यमा बिक्री भएमा त्यसरी नपुग भएको रकम ऋणीको अरू सम्पत्तिबाट भराई लिन पाउनेछ र असुल उपर गर्नु पर्ने रकमभन्दा बढी मूल्यमा बिक्री भएमा बढी भए जति रकम ऋणीलाई फिर्ता गर्नु पर्नेछ ।

३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितो रहेको वस्तु विक्री भई नसकेको वा स्वामित्वमा सरी नसकेको अवस्थामम्म धितो दिने व्यक्तिले ऋण तथा त्यसको ब्याज र अन्य कुनै रकम तिर्नु पर्ने भए त्यस्तो रकम समेत चुक्ता गरी जहिलेसुकै पनि आफ्नो वस्तु फिर्ता लिन सक्नेछ ।

तर निर्धारित समयभित्र रकम नबुझाएको कारणबाट धितो रहेको वस्तुमा सृजना भएको थप दायित्व समेत धितो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

४) कुनै वस्तु धरौट लिई कुनै काम गर्न जिम्मा दिएकोमा त्यस्तो काम निर्धारित समयमा पूरा नगरेमा वा नभएमा धरौटी रहेको वस्तुबाट त्यस्तो काम पूरा गराउन वा त्यस्तो काम पूरा गराउन लागेको खर्च असूल उपर गरी लिन सकिनेछ ।

५) धरौट रहेको वस्तुबाट काम पूरा नहुने भएमा त्यस्तो नपुग भएसम्मको रकम धरौट दिने व्यक्तिको अरू सम्पत्तिबाट भराई लिन सकिनेछ ।

Share this Law

दफा ५८७: धितो वा धरौट लिने व्यक्तिको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.