दफा ४६६: डोरमार्फत लिखत पारित हुन सक्ने

Estimated reading: 0 minutes 3 views

१) कसैले यस परिच्छेद बमोजिम कुनै लिखत कार्यालयबाट डोरमार्फत खटाई पारित गराई पाउन सम्बन्धित कार्यालयमा निवेदन दिएमा र त्यस्तो लिखत आफ्नै कार्यालयबाट पारित गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्दा लाग्ने दस्तुर कार्यालयमा धरौटी राख्न लगाई कार्यालयको प्रमुख वा निजले तोकेको अन्य कर्मचारीले पाँच दिनभित्र निवेदकले उल्लेख गरेको स्थानमा गई कानूनको रीत पुर्‍याई त्यस्तो लिखत स्वीकृत गरी पारित गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम खटिएको डोरबाट लिखत पारित भएमा सोही उपदफा बमोजिम राखेको धरौटी रकम कार्यालयले सदर स्याहा गर्नु पर्नेछ ।

३) उपदफा (१) बमोजिम खटिएको डोरबाट कुनै कारणले लिखत पारित नभएमा धरौटी रकम निवेदकले तीन महिनाभित्र फिर्ता लिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको म्यादभित्र निवेदकले धरौटी रकम फिर्ता नलागेमा त्यस्तो धरौटी रकम कार्यालयले सदर स्याहा गर्नु पर्नेछ ।

Share this Law

दफा ४६६: डोरमार्फत लिखत पारित हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.