दफा ४५७: बिक्री गरेको घर हकसफा गरी लिन सक्ने

Estimated reading: 0 minutes 3 views

१) एउटै घरको भिन्नभिन्न हिस्साको भिन्नभिन्न धनी भएको अवस्थामा त्यस्तो घरको कुनै हिस्साको धनीले आफ्नो हिस्सा जति कसैलाई बिक्री गरी दिएकोमा अर्को हिस्साको धनीले त्यस्तो हिस्सा हकसफा गरी लिन चाहेमा त्यस्तो धनीले खरिदकर्ताले तिरेको रकम र लिखत पारित गर्दाका बखत भुक्तानी गरेको दस्तुर निजलाई बुझाई त्यस्तो घर हकसफा गरी लिन सक्नेछ। 

२) उपधारा (१) बमोजिम हकसफा गरी लैँदा देहायको व्यक्तिले देहाय बमोजिम प्राथमिकता पाउनेछ: 

(क) अर्को हिस्साको धनी हकवाला भएमा त्यस्तो हकवालाले र एकबन्दा बढी हकवाला भएमा सबभन्दा नजिकको हकवालाले,

(ख) अर्को हिस्साको धनी हकवाला बाहेकको अन्य व्यक्ति भएमा सन्धिसर्पन पर्ने वा त्यस्तो हिस्सासँग जोडिएको हिस्साको धनीले।

Share this Law

दफा ४५७: बिक्री गरेको घर हकसफा गरी लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.