दफा १९४: धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्ने

Estimated reading: 1 minute 7 views

१) नेपाली नाबालक वा नेपालमा बसोबास गरेका विदेशीका कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहने दफा १९२ बमोजिम योग्यता पुगेको विदेशी वा दम्पतिले नेपालस्थित आफ्नो देशको राजदूतावास र त्यस्तो राजदूतावास नभए नेपालको निमित्त तोकिएको राजदूतावास वा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिने सम्बन्धित मुलुकको केन्द्रीय निकाय मार्फत देहायका कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ:-

(क) निवेदकको जन्म दर्ता प्रमाणपत्र,

(ख) निवेदकको हालसालै खिचिएको फोटो,

(ग) निवेदकको राहदानीको प्रतिलिपि,

(घ) निवेदकको वैवाहिक अवस्था प्रमाणित गने कागज,

(ङ) निवेदकको स्वास्थ्य सम्बन्धमा अनुमति प्राप्त चिकित्सकले दिएको प्रमाणपत्र,

(च) निवेदक असल चरित्र भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको भनी सम्बन्धित मुलुकको सरकारी निकायले दिएको प्रमाणपत्र,

(छ) निवेदकको सम्पत्ति र आयस्रोत प्रमाणित गने कागजात,

(ज) निवेदकको सामाजिक, मनोवैज्ञानिक र गृह अध्ययन सम्बन्धी प्रतिवेदन (सोसल, साइकोलजिकल, होमस्टडी रिपोर्ट),

(झ) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन चाहको बालबालिकाको उमेर, लिङ्ग र अन्य विवरण,

(ञ) निवेदकलाई निजको देशको सरकारले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री लिन दिएको सहमतिपत्र,

(ट) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको हैसियत आफ्नै छोरा छोरी सरह हुने भन्ने सम्बन्धित देशको सरकार वा सो देशको नेपालस्थित वा नेपालका लागि तोकिएको राजदूतावासबाट लेखिएको प्रत्याभूतिपत्र,

(ठ) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार निज धर्मपुत्र वा धर्मपुत्री लिन योग्य भएको र निजसँग धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा संरक्षण लगायतको सम्पूर्ण जिम्मेवारी वहन गर्ने आर्थिक क्षमता भएको सम्बन्धमा त्यस्तो व्यक्तिको मुलुकको सरकार, त्यस्तो देशको नेपालस्थित वा नेपालको लागि तोकिएको राजदूतावासबाट लेखिएको प्रत्याभूति पत्र ।

२) उपदफा (१) बमोजिमका कागजात अङ्ग्रेजी भाषामा लेखिएको वा अधिकार प्राप्त निकायले अङ्ग्रेजी वा नेपाली भाषामा अनुवाद गरेको हुनु पर्नेछ ।

३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकको माग बमोजिम धर्मपुत्र वा धर्मपुत्री दिन उपयुक्त देखिएमा बोर्डले निवेदकको नाम र ठेगाना गोप्य राखी त्यस सम्बन्धी विवरण छनौट समितिमा पठाउनु पर्नेछ।

४) उपदफा (१) बमोजिम निवेदन दिँदा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको निवेदन दस्तुर बुझाउनु पर्नेछ ।

Share this Law

दफा १९४: धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.