दफा १९३: अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 7 views

१) यस परिच्छेद बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमतिको लागि सिफारिस गर्ने प्रयोजनको लागि केन्द्रीय निकायको रूपमा कार्य गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड गठन गर्न वा कुनै सरकारी निकायलाई त्यस्तो काम गर्ने गरी तोक्न सक्नेछ ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “बोर्ड” भन्नाले अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड समझनु पर्छ र सो शब्दले त्यस्तो काम गर्न तोकिएको सरकारी निकायलाई समेत जनाउँछ ।

२) उपदफा (१) बमोजिमको बोर्ड गठन गर्दा बाल अधिकारको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको एकजना बाल अधिकारकर्मी समेत रहने गरी गठन गर्नु पर्नेछ ।

३) यस परिच्छेदमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा नीति निर्माण गरी नेपाल सरकारलाई सिफारिस गर्ने,

(ख) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा विभिन्न निकायहरू बीच समन्वय गर्ने,

(ग) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने अनुचित आर्थिक तथा अन्य लाभ रोक्ने,

(घ) अन्य देशका धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी केन्द्रीय निकाय वा सो सम्बन्धी अन्य सार्वजनिक निकायले धर्मपुत्र वा धर्मपुत्रीको स्थितिका बारेमा कुनै सूचना माग गरेमा उपलब्ध गराउने,

(ङ) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने बाल दुर्व्यवहार, शोषण, ओसारपसार वा अपहरण, बेचबिखन रोक्ने र बालबालिकालाई हानि हुन सक्ने अन्य कुनै अभ्यासबाट नेपाली बालबालिकालाई संरक्षण गर्ने,

(च) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि लाग्ने दस्तुर निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,

(छ) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि दिइने निवेदनको ढाँचा तोक्ने,

(ज) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा बस्न चाहने नाबालक, निजलाई जन्म दिने बाबु र आमा वा धर्मपुत्र वा धर्मपुत्री लिन बाबु र आमाको अभिलेख गोप्य रूपमा राख्ने व्यवस्था गर्ने,

(झ) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।

४) बोर्डको बैठक लगायत बोर्डले सम्पादन गर्ने कार्य सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैँले निर्धारण गर्नेछ।

Share this Law

दफा १९३: अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.