दफा १४८: संरक्षकत्वको समाप्ति

Estimated reading: 0 minutes 9 views

१) देहायको अवस्थामा संरक्षकत्व समाप्त भएको मानिनेछ:

(क) संरक्षकले आफू संरक्षक हुन नसक्ने भनी दिएको निवेदन अदालतबाट स्वीकृत भएमा,

(ख) संरक्षक वा संरक्षकत्वमा रहेको असक्षम वा अर्ध सक्षम व्यक्तिको मृत्यु भएमा,

(ग) असक्षम वा अर्ध सक्षम व्यक्ति सक्षम भएमा,

(घ) संरक्षकत्वमा रहेको असक्षम वा अर्ध सक्षम व्यक्तिको अनुरोधमा अदालतले संरक्षकलाई हटाएमा ।

२) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्त भएमा र संरक्षक हुने तथा संरक्षकत्वमा रहने व्यक्ति जीवित भएमा निजले नै अर्को संरक्षक नतोकिएसम्म आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्ध सक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार गर्नु पर्नेछ ।

३) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्त भएमा त्यसरी संरक्षकत्व समाप्ति भएको मितिदेखि अर्को संरक्षक नतोकिएसम्म यस परिच्छेद बमोजिम संरक्षकले गर्नु पर्ने कुनै कानूनी कारबाहीको हदम्याद, म्याद वा तारेख गुज्रेको मानिने छैन ।

Share this Law

दफा १४८: संरक्षकत्वको समाप्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.