दफा ५८: दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने

Estimated reading: 1 minute 6 views

१) दफा ५५ बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतमा निवेदन परेमा सो सम्बन्धमा कारबाही प्रारम्भ गर्न उपयुक्त हुने वा नहुने सम्बन्धमा अदालतले आदेश दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न आदेश दिएकोमा अदालतले दामासाहीमा पर्न लागेको व्यक्ति स्वयम् वा साहूको अनुरोधमा निजको परिवारको अन्य कुनै सदस्यलाई जुन व्यक्तिको जायजेथा सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गने हो त्यस्तो व्यक्तिको जायजेथा दामासाहीको प्रयोजनको लागि यथास्थितमा राख्नको लागि आदेश दिनेछ ।

३) दामासाहीमा पर्न लागेको व्यक्तिको सम्पत्ति त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यबाट व्यवस्थापन गर्दा हिनामिना हुन सक्ने वा त्यसको समुचित व्यवस्थापन हुन सक्दैन भन्दै अदालतलाई लागेमा पक्षको निवेदनको आधारमा वा अदालतको आफ्नै तजविजीबाट देहायको कुनै व्यक्तिलाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गर्न जिम्मेवारी दिन सक्नेछ:-

(क) कानून बमोजिम दामासाही व्यवसायीको रूपमा इजाजत प्राप्त व्यक्ति,

(ख) कानून बमोजिम नियुक्त दामासाही ट्रस्टी,

(ग) स्थानीय तहको सम्बन्धित बडा समिति,

(घ) अदालतले तोकेको अदालतको कुनै अधिकृत कर्मचारी वा कानून व्यवसायी ।

४) उपदफा (३) बमोजिम तोकिएको स्थानीय तह, ट्रस्टी वा व्यक्तिले अदालतको आदेश बमोजिम दामासाहीमा पर्न लागेको व्यक्तिको जायजेथाको व्यवस्थापन गर्नु पर्नेछ ।

Share this Law

दफा ५८: दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.