दफा ५९ः नेपाल राष्ट्र बैङ्कले व्यवस्थापन लिन सक्ने

Estimated reading: 0 minutes 341 views

१) नेपाल राष्ट्र बैङ्कले देहायको कुनै अवस्थामा विभागलाई जानकारी दिई सहकारी बैङ्कको समितिलाई निलम्बन गरी त्यस्तो बैङ्कको व्यवस्थापन आफैंले वा अन्य कुनै निकायद्वारा गर्न गराउन सक्नेछ:

(क) सहकारी बैङ्कको लेखापरीक्षण प्रतिवेदन वा सो बैङ्कको निरीक्षण प्रतिवेदनका आधारमा नेपाल राष्ट्र बैङ्कबाट समय समयमा दिइएको निर्देशनको पालना नगरेमा,

(ख) सदस्यको हित विपरीत कुनै कार्य गरी सदस्यलाई हानि नोक्सानी पुर्‍याएमा,

(ग) सहकारी बैङ्कको सञ्चालन दक्षतापूरवक र प्रभावकारी रूपमा नगरी सो बैङ्कलाई हानि नोक्सानी पुर्‍याएमा ।

२) उपदफा (१) बमोजिम सहकारी बैङ्कको समिति निलम्बन गर्नु अघि सहकारी बैङ्कलाई सफाई पेश गर्न कम्तीमा सात दिनको मोका प्रदान गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम सफाईको मौका दिँदा सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नदेखिएमा नेपाल राष्ट्र बैङ्कले सम्बन्धित बैङ्कको समितिलाई निलम्बन गरी उक्त बैङ्कको व्यवस्थापन आफैले गर्न वा अन्य कुनै निकाय मार्फत गर्न वा गराउन सक्नेछ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैङ्कले सहकारी बैङ्कको व्यवस्थापन आफैंले गर्दा वा गराउँदा विभागको प्रतिनिधिलाई समेत सहभागी गराउनु पर्नेछ ।

Share this Law

दफा ५९ः नेपाल राष्ट्र बैङ्कले व्यवस्थापन लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.