दफा ९ः विशिष्टिकृत सहकारी सङ्घको गठन

Estimated reading: 0 minutes 296 views

१) दफा १५ बमोजिम दर्ता भएका कम्तीमा पच्चीस वटा बहुउद्देश्यीय वा विषयगत संस्थाहरूले आपसमा मिली जलविद्युत आयोजना, रासायनिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन, जडिबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाला जस्ता ठूला लगानी चाहिने उत्पादन कार्य गर्न वा सदस्यका साझा आवश्यकताका बस्तु वा सेवाको परिपूर्ति गर्न विशिष्टिकृत सहकारी, सङ्घको गठन गर्न सक्नेछन्‌। यो पूर्ण रूपले व्यावसायिक संस्था हुनेछ। यसलाई कुनै सङ्घ, महासङ्घमा चुन्ने र चुनिने अधिकार रहने छैन।

२) यसको सञ्चालन सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९ः विशिष्टिकृत सहकारी सङ्घको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.