दफा १४ः दर्ताको लागि दरखास्त दिन पर्ने

Estimated reading: 0 minutes 341 views

१) यस ऐन बमोजिम गठन भएका सरकारी संस्थाले दर्ताको लागि दफा २ बमोजिमका संस्था, दफा ४ बमोजिमको जिल्ला विषयगत सहकारी सङ्घ वा दफा ५ बमोजिमका जिल्ला सहकारी सङ्घ भए रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष र दफा ६ बमोजिमको प्रदेश विषयगत सहकारी सङ्घ दफा ७ बमोजिमको प्रदेश सहकारी सङ्घ दफा ८ बमोजिमको केन्द्रीय विषयगत सहकारी सङ्घ, दफा ९ बमोजिमको विशिष्टिकृत सहकारी सङ्घ, दफा १० बमोजिमको राष्ट्रिय सहकारी महासङ्घ वा दफा १२ बमोजिमको सहकारी बैङ्ग भए रजिष्ट्रार समक्ष तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको दरखास्त साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नु पर्नेछ:

(क) सहकारी संस्थाको प्रस्तावित विनियम,

(ख) सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन, (ग) सदस्यले लिन स्वीकार गरेको शेयर सङ्ख्या र शेयर रकमको विवरण,

(घ) तोकिए बमोजिमका अन्य विवरण।

३) उपदफा (१) बमोजिम सहकारी बेङ्ग दर्ताको लागि दरखास्त दिँदा उपदफा (२) मा उल्लिखित कागजातका अतिरिक्त नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति प्राप्त गरेको पत्र समेत संलग्न गर्नु पर्नेछ।

Share this Law

दफा १४ः दर्ताको लागि दरखास्त दिन पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.