दफा १३३ः पुनरावेदन गर्न सक्ने

Estimated reading: 0 minutes 343 views

१) दफा १६ बमोजिम सहकारी संस्था दर्ता गर्न अस्वीकार गरेको वा दफा ८८ बमोजिम सहकारी संस्था दर्ता खारेज गरेकोमा चित्त नबुझ्नेले सो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीको निर्णय उपर रजिष्ट्रार समक्ष र रजिष्ट्रारले गरेको निर्णय उपर मन्त्रालयको सचिव समक्ष पुनरावेदन गर्न सक्नेछ ।

२) दफा १२५ बमोजिमको जरिवाना, दफा १२८ को उपदफा (१) को खण्ड (घ) र (ङ) तथा सोही दफाको उपदफा (२) को (ग), (घ) र (ङ) बमोजिमको सजायमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र देहाय बमोजिम पुनरावेदन गर्न सक्नेछ:

(क) रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले गरेको निर्णय उपर सम्बन्धित जिल्ला अदालतमा,

(ख) रजिष्ट्रार र नेपाल राष्ट्र बैङ्कले गरेको निर्णय उपर सम्बन्धित उच्च अदालतमा।

Share this Law

दफा १३३ः पुनरावेदन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.