दफा ९७ः बचत तथा ऋणको कारोबार गर्ने संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 389 views

१) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा सङ्घले तोकिए बमोजिम अनुगमन प्रणाली अवलम्बन गर्नु पर्नेछ।

२) रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले बचत तथा ऋणको कारोबार गर्ने संस्था वा सङ्घको तोकिए बमोजिमको अनुगमन प्रणालीमा आधारित भई निरीक्षण तथा अनुगमन गर्नेछ।

३) उपदफा (२) बमोजिम संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन गर्दा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्क लगायतका अन्य निकायको सहयोग लिन सक्नेछ।

४) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९७ः बचत तथा ऋणको कारोबार गर्ने संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.