दफा ८८ः विघटन र दर्ता खारेज

Estimated reading: 1 minute 386 views

१) कुनै सहकारी संस्थामा देहायको अवस्था विद्यमान भएमा साधारण सभाको तत्काल कायम रहेका बहुमत सदस्यको निर्णयबाट त्यस्तो सहकारी संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले रजिष्ट्रार वा
रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिन सक्नेछ:-

(क) बिनियममा उल्लिखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा,

(ख) सदस्यको हित गर्न नसक्ने भएमा।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन छानबिन गर्दा त्यस्तो सहकारी संस्थाको विघटन गर्न उपयुक्त देखिएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सक्नेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रार वा रजिष्ट्राबाट अधिकार प्राप्त अधिकारीले देहायको अवस्थामा सहकारी संस्थाको दर्ता खारेज गर्न सक्नेछ:

(क) लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्कृय रहेको पाइएमा,

(ख) कुनै सहकारी संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली विपरीतको कार्य बारम्बार गरेमा,

(ग) विनियममा उल्लिखित उद्देश्य विपरीत कार्य गरेमा,

(घ) सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेमा।

४) उपदफा (२) वा (३) बमोजिम दर्ता खारेज गर्नु अघि रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले त्यस्तो सहकारी संस्थालाई सुनुवाईको लागि कम्तीमा पन्व्र दिनको समयावधि दिनु पर्नेछ।

५) उपदफा (२) वा (३) बमोजिम सहकारी संस्थाको दर्ता खारेज भएमा त्यस्तो सहकारी संस्था विघटन भएको मानिनेछ।

६) उपदफा (२) वा (३) मा जुनसुकै क्रा लेखिएको भए तापनि रजिष्ट्रारले नेपाल सरकारले तोकेको सीमाभन्दा बढी रकम अनुदान प्राप्त गरेको संस्था वा सङ्घको दर्ता खारेज गर्नु अघि मन्त्रालयको स्वीकृति र सहकारी बैङ्कको दर्ता खारेज गर्नु अघि नेपाल राष्ट्र बैङ्कको परामर्श लिनु पर्नेछ।

७) उपदफा (२) वा (३) बमोजिम सहकारी संस्थाको दर्ता खारेजी भएमा त्यस्तो संस्था, सङ्घ वा बैङ्कको दर्ता प्रमाणपत्र स्वतः रह भएको मानिनेछ ।

८) यस दफामा लेखिएको कुनै पनि कुराले दफा ६० मा उल्लिखित सहकारी बैङ्कको दर्ता खारेजी सम्बन्धी व्यवस्थालाई प्रतिकूल असर गरेको मानिने छैन ।

Share this Law

दफा ८८ः विघटन र दर्ता खारेज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.