परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

दफा ४१ः सार्वजनिक बिदा

Estimated reading: 0 minutes 152 views

१) प्रत्येक श्रमिकले प्रत्येक वर्ष मई दिवस सहित तेह्र दिन तथा महिला श्रमिकको हकमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस सहित चौध दिन पारिश्रमिक सहितको  सार्वजनिक बिदा पाउनेछ।

२) उपदफा (१) मा जुनसुकै क्रा लेखिएको भए तापनि कुनै प्रतिष्ठानलाई नियमन गर्ने निकायले सार्वजनिक बिदा निर्धारण गर्ने भएमा त्यस्तो प्रतिष्ठानको हकमा सो निकायले निर्धारण गरे बमोजिम र अन्य अवस्थामा रोजगारदाताले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ४१ः सार्वजनिक बिदा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.