परिच्छेद – ८ पारिश्रमिक सम्बन्धी व्यवस्था

दफा ३८ः पारिश्रमिक कट्टा गर्न नपाउने

Estimated reading: 1 minute 72 views

१) देहायको अवस्थामा बाहेक श्रमिकले पाउने पारिश्रमिक कट्टा गर्न पाइने छैन:-

(क) कानून बमोजिम लाग्ने कुनै कर, शुल्क,

(ख) सञ्चय कोष वा बिमाबापत जम्मा गर्नु पर्ने योगदान रकम वा अन्य कुनै सामाजिक सुरक्षाको लागि गर्नुपर्ने योगदान रकम,

(ग) कुनै न्यायिक वा अर्ध न्यायिक निकाय वा मध्यस्थताको आदेश वा निर्णय बमोजिम कट्टा गर्नुपर्ने रकम,

(घ) रोजगारदाताले श्रमिकलाई उपलब्ध गराएको तोकिए बमोजिमको सेवा वा सुविधा बापत तोकिए बमोजिमको रकम,

(ङ) काममा गयल भएको समयको पारिश्रमिक रकम,

(च) बदनियतपूर्वक वा लापरवाही गरी रोजगारदाताको नगदी वा जिन्सी नोक्सान गरेमा वा हराएमा त्यस्तो नगदी वा जिन्सी कितावमा उल्लेख भए बमोजिमको वा उत्पादित मूल्यको हकमा उत्पादन मूल्य बरावरको रकम,

(छ) सामूहिक सम्झौतामा पारिश्रमिकबाट कट्टा गरिने भनी उल्लेख भएको रकम,

(ज) ट्रेड युनियनले लिने सदस्यता शुल्क,

(झ) रोजगारदाताले श्रमिकलाई उपलब्ध गराएको सापटी वा पेश्की रकम ।

२) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज) वा (झ) बमोजिम रकम कट्टा गर्दा सोही उपदफाको खण्ड (क) र (ख) मा उल्लिखित रकम कट्टा गरी बाँकी रहेको मासिक पारिश्रमिकबाट कट्टा गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम कट्टा हुने रकमको हद, तरिका र तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४) यस दफा वमोजिम कट्टा गर्नुपर्ने रकम कट्टा नगर्दै कुनै श्रमिकको मृत्यु भएमा वा जुनसुकै कारणले निज सेवामा नरहेमा निजले पाउने जुनसुकै रकमबाट त्यस्तो रकम कट्टा गर्न सकिनेछ ।

५) उपदफा (४) बमोजिम रकम कट्टा गर्दा समेत कट्टा गर्नुपर्ने रकम असुल उपर हुन नसकेमा रोजगारदाताले त्यस्तो श्रमिकको मृत्यु भइसकेकोमा निजको सम्पत्ति खाने कानून बमोजिमको हकवालालाई त्यस्तो रकम दाखिला गर्न पन्ध्र दिनको सूचना दिनु पर्नेछ ।

६) उपदफा (५) बमोजिमको म्यादभित्र पनि रकम दाखिला नगरेमा सो म्याद नाघेको मितिले पैंतीस दिनभित्र रोजगारदाताले सो रकम असुलीको लागि अदालत समक्ष निवदेन दिन सक्नेछ ।

Share this Law

दफा ३८ः पारिश्रमिक कट्टा गर्न नपाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.