परिच्छेद – ७ काम गर्ने समय सम्बन्धी व्यवस्था

दफा २९ः बढी समय काम गर्न बाध्य गर्न नहुने

Estimated reading: 0 minutes 120 views

१) रोजगारदाताले दफा २८ को उपदफा (१) मा उल्लिखित समयभन्दा बढी समय हुने गरी श्रमिकलाई काम गर्न बाध्य पार्न हुँदैन।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै काम सम्पन्न नहुँदा कसैको जीवन, सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने वा रोजगारदातालाई गम्भीर हानी नोक्सानी हुने भएमा दफा ३० को उपदफा (१) को अधीनमा रही सम्वन्धित श्रमिकलाई अतिरिक्त समय काममा लगाउन सकिनेछ।

Share this Law

दफा २९ः बढी समय काम गर्न बाध्य गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.