परिच्छेद – ६ श्रम इजाजत सम्बन्धी व्यवस्था

दफा २४ः श्रम इजाजत दिन सकिने

Estimated reading: 0 minutes 124 views

दफा २२ र २३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा विभागले अभिलेख राखी विदेशी नागरिकलाई श्रम इजाजत दिन सक्नेछ:

(क) बिदेशी लगानी भएको वा विदेशी सहयोगबाट सञ्चालित प्रतिष्ठानको कार्यकारी प्रमुख र सो प्रतिष्ठानमा काम गर्न तोकिए बमोजिमको सङ्ख्याका श्रमिक,

(ख) तीन महिना वा सोभन्दा कम अवधिको लागि कुनै मेशीनरी सामान मर्मत गर्न वा नयाँ प्रविधिको जडान गर्न वा यस्तै अन्य आकस्मिक काम गर्नको लागि आउने प्राविधिक ।

Share this Law

दफा २४ः श्रम इजाजत दिन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.