परिच्छेद- ४ तालिमी तथा प्रशिक्षार्थी सम्बन्धी व्यवस्था

दफा १८ः तालिमी श्रमिकको रुपमा काममा लगाउन सकिने

Estimated reading: 0 minutes 127 views

१) रोजगारदाताले काम सिकाउँदै तालिम दिने गरी कुनै व्यक्तिलाई काममा लगाउन सक्नेछ।

२) उपदफा (१) बमोजिमको तालिम अवधि एक वर्षभन्दा बढी हुने छैन।

तर खास कामको तालिमको लागि प्रचलित कानूनद्वारा कुनै अवधि तोकिएकोमा वा खास अवधि आवश्यक पर्ने भएमा सो अवधिसम्म तालिमीको रुपमा काममा लगाउन सक्नेछ।

३) यस दफा बमोजिम तालिमीको रुपमा काममा लगाइएको व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चय कोष, बिमा लगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनु पर्नेछ।

४) तालिम अवधि सकिएपछि तालिमीलाई काममा राख रोजगारदाता बाध्य हुने छैन।

तर सोही रोजगारदाताले निज तालिमीलाई काममा राखेमा निजको हकमा परीक्षणकाल लागू हुने छैन।

Share this Law

दफा १८ः तालिमी श्रमिकको रुपमा काममा लगाउन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.