दफा १५३ः श्रम अदालतको अधिकार

Estimated reading: 0 minutes 316 views

यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियममा उल्लिखित अधिकारका अतिरिक्त श्रम अदालतले मुद्दाको रोहमा देहायका अधिकार प्रयोग गर्न सक्नेछ:

(क) साक्षी प्रमाण बुझ्ने,

(ख) आवश्यकता अनुसार प्रतिवादीको प्रतिउत्तर सरहको वयान लिने,

(ग) मुद्दामा पक्ष विपक्ष नबनाइएका कुनै पक्षलाई त्यस्तो पक्षको निवेदनको आधारमा वा मुद्दाको प्रकृतिको आधारमा श्रम अदालत स्वयंले सुनुवाईको क्रममा उपस्थित हुन आदेश दिने र आवश्यक देखिएमा पक्ष कायम गर्ने,

(घ) विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गर्ने ,

(ङ) श्रम अदालतमा विचाराधीन रहेको कुनै मुहाको सम्वन्धमा मुद्दाको अन्तिम किनारा नभएसम्म उक्त मुद्दा रोक्न वा जारी राख आवश्यक छ भनी मुद्दाका कुनै पक्षले दिएको निवेदन मनासिव देखिएमा सो मुद्दा जुनसुकै अवस्थामा पुगेको भए तापनि कुनै निश्चित समयका लागि कुनै काम रोक्न वा भइरहेको काम अवधि किटान गरी वा नगरी जारी राख्न भनी मुद्दाको कुनै पक्षको नाममा अन्तरकालीन आदेश जारी गर्ने,

(च) कार्यालय वा रोजगारदाताले गरेको निर्देशन वा निर्णय वा आदेशलाई सदर गर्न वा बदर गर्ने वा परिर्वतन गर्ने,

(छ। मुद्दाको कारबाही र किनारा गर्दा श्रम अदालतलाई यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको विषयको हकमा सोही बमोजिम र अन्य कुराका हकमा जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ।

Share this Law

दफा १५३ः श्रम अदालतको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.