दफा १३१ः खराब आचरण र सजाय

Estimated reading: 0 minutes 402 views

१) श्रमिकले देहायको खराव आचरण गरेमा नसिहत दिन सकिनेछ:

(क) बिदा स्वीकृत नगराई काममा गैरहाजिर भएमा,

(ख) व्यवस्थापकको स्वीकृति नलिई कार्यस्थल छाडेमा,

(ग) स्वीकृति नलिई काममा बारम्बार ढिलो उपस्थित भएमा,

(घ) कामको सम्बन्धमा रोजगारदाता वा आफूभन्दा माथिल्लो दर्जाको श्रमिकले दिएको आदेश पालना नगरेमा,

(ङ) बविनियमावलीमा तोकिएको अन्य खराब आचरण गरेमा।

२) देहायको कुनै खराव आचरण गरेमा बढीमा एक दिन वरावरको पारिश्रमिक कट्टा गर्न सकिनेछ:

(क) रोजगारदाता वा सजाय गर्ने अधिकारीले दिएको सूचना वा पत्र बुझ्न इन्कार गरेमा,

(ख) गैरकानूनी हड्तालमा भाग लिएमा वा भाग लिन बाध्य गराएमा वा सामूहिक रुपमा कार्यमा ढिलासुस्ती गरेमा,

(ग) कसैले लापरवाही वा हेलचेक्र्याइँ गरी उत्पादन वा सेवा घटाई प्रतिष्ठानलाई हानी नोक्सारी पुर्‍याएमा,

(घ) झुटा विवरण पेश गरी सुविधा लिने प्रयास गरेमा ,

(ङ) सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने श्रमिकले रोजगारदाताले दिएको उपकरण प्रयोग नगरेमा,

(च) विनियमावलीमा तोकिएको अन्य समान प्रकृतिको खराव आचरण गरेमा ।

३) देहायको कुनै खराव आचरण गरेमा एक वर्षको वार्षिक तलव वृद्धि रोक्का वा एक वर्ष बढुवा रोक्का गर्न सकिनेछ:

(क) अख्तियार प्राप्त व्यक्तिको स्वीकृतिबिना प्रतिष्ठानको सम्पत्ति बाहिर लगी प्रयोग गरेमा वा अनधिकृत व्यक्तिलाई प्रयोग गर्न दिएमा

(ख) रोजगारदाताको कारोबारमा हिनामिना गर्ने प्रयास गरेमा ,

(ग) रोजगारदाताको सम्पत्ति लापरबाही वा हेलचेक्र्याई गरी क्षति पुर्‍याएमा,

(घ) कार्यस्थलभित्र अन्न, पानी, टेलिफोन, विद्युत सेवा वन्द गरेमा वा कार्यस्थलभित्र आवत जावत गर्न नदिएमा,

(ङ) श्रमिकको हित, सुरक्षा वा स्वास्थ्यको लागि राखिएको वस्तु वा गरिएको व्यवस्थामा जानाजानी दुरुपयोग गरेमा वा हानी नोक्सानी पुर्‍याएमा ।

(च) विनियमावलीमा तोकिएको अन्य समान प्रकृतिको खराब आचरण गरेमा

४) देहायको कुनै खराव आचरण गरेमा सेवाबाट हटाउन सकिनेछ:

(क) रोजगारदाता वा कुनै श्रमिक वा सेवाग्राही वा कार्यस्थलसँग सम्वन्धितकुनै व्यक्ति विरुद्ध कुनै किसिमको हातहतियार प्रयोग गरी वा नगरी कुटपिट वा शारीरिक चोट पुर्‍याएमा वा बन्धक बनाएमा वा प्रतिष्ठानको क्षेत्रभित्र हूलदङ्गा वा तोडफोड गरेमा,

(ख) घूस लिने दिने कार्य गरेमा,

(ग) कार्यस्थलमा कसैको सम्पत्ति चोरी गरेमा,

(घ) प्रतिष्ठानको आर्थिक हिनामिना गरेमा,

(ङ) रोजगारदाताको वा निजको जिम्मामा रहेको वा प्रयोगमा रहेको सम्पत्ति जानाजानी क्षति पुर्‍याएमा,

(च) बिदा स्वीकृत नगराई लगातार तीस दिनभन्दा बढी काममा अनुपस्थित भएमा,

(छ) आफू कार्यरत रहेको प्रतिष्ठान वा कार्यस्थलमा हानि नोक्सानी पुश्याउने उद्देश्यले त्यस्तो प्रतिष्ठानको उत्पादन सूत्र विशेष प्रविधि सम्बन्धी गोपनीयता भङ्ग हुने कुनै काम गरेमा,

(ज) प्रतिष्ठानको कार्यप्रकृतिसँग मिल्दो प्रतिस्पर्धी रोजगारदातासँग मिलेर काम गरेमा वा आफैले प्रतिस्पर्धी कार्य सञ्चालन गरेमा वा प्रतिस्पर्धी रोजगारदातालाई आफू कार्यरत प्रतिष्ठानको गोप्य सूचना दिएमा,

(झ) सेवामा रहँदाका बखत नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर भएमा,

(ञ) नियुक्तिका लागि आवश्यक शैक्षिक तथा अन्य प्रमाणपत्र झुटा वनाई पेश गरेमा,

(ट) कार्य समयमा लागू पदार्थ वा मादक पदार्थ सेवन गरेमा वा सेवन गरी आएमा,

(ठ) तीन वर्षभित्र खराव आचरण गरे बापत उपदफा (१), (२) र (३) बमोजिम दुई पटकभन्दा बढी सजाय पाएमा,

(ड) प्रचलित नेपाल कानूनमा नै कुनै खराब आचरण गरेमा सेवाबाट हटाउने प्रवाधान रहेछ भने त्यस्तो खराव आचरण गरेमा ।

Share this Law

दफा १३१ः खराब आचरण र सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.