दफा ११७ः सामूहिक माग दाबीका सम्बन्धमा वार्ता गर्ने

Estimated reading: 0 minutes 328 views

१) दफा ११६ बमोजिम सामूहिक माग दावी पेश भएमा सम्बन्धित रोजगारदाताले माग दावी पेश गरिएको सात दिनभित्र सामूहिक सौदावाजी समितिलाई वार्ता हुने स्थान र समय समेत उल्लेख गरी लिखित सूचना दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम सूचना दिइएकोमा सूचनामा उल्लिखित स्थान र समयमा वार्ता गर्न सामूहिक सौदावाजी समितिका सदस्यहरु उपस्थित हुनु पर्नेछ।

३) उपदफा (२) वमोजिम वार्ता गर्दा दुवै पक्षबीच सहमति वा सम्झौता भएमा सामूहिक माग दावी सम्बन्धी विवाद समाधान हुनेछ।

४) उपदफा (३) बमोजिम भएको सहमति सम्बन्धित पक्षलाई वाध्यकारी हुनेछ।

Share this Law

दफा ११७ः सामूहिक माग दाबीका सम्बन्धमा वार्ता गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.