दफा १०५ः परिषद्को बैठक सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 378 views

१) परिषद्को वैठक आवश्यकता अनुसार परिषद्को अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ।

र दुईवटा बैठक वीचको फरक चार महिनाभन्दा बढी हुने छैन।

२) परिषद्का कुल सदस्य सङ्ख्याको एक चौथाई सदस्यले बैठक बोलाउन लिखित अनुरोध गरेमा अध्यक्षले पन्ध्र दिनभित्र परिषद्को बैठक बोलाउनु पर्नेछ।

३) परिषद्को बैठक बस्ने कम्तीमा चौबीस घण्टाअघि परिषद्को सदस्य सचिवले बैठकमा छलफल हुने विषय सहितको सूचना परिषद्का सबै सदस्यलाई दिनु पर्नेछ।

४) नेपाल सरकार, रोजगारदाता तथा टे«ड युनियनको प्रतिनिधित्व हुने गरी परिषद्का कुल सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।

५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा मन्त्रालयको सचिवले बैठकको अध्यक्षता गर्नेछ।

६) परिषद्को बैठकमा श्रम सम्वन्धी विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

७) परिषद्को निर्णय सर्वसम्मतिको आधारमा गरिनेछ।

८) उपदफा (७) बमोजिम सर्वसम्मति कायम हुन नसकेमा नेपाल सरकार, रोजगारदाता तथा युनियनको प्रतिनिधि सहितको परिषद्का सदस्यहरुको बहुमतबाट निर्णय हुनेछ।

९) परिषद्को बैठकको निर्णयको अभिलेख छुट्टै माइन्युट बुक तयार गरी राखिनेछ र बैठकको निर्णय परिषदको सदस्य–सचिवले प्रमाणित गर्नेछ।

१०) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्‌ आफैले निर्धारण गरे बमोजिम हुनेछ।

११) परिषद्का सदस्यहरुले नेपाल सरकारले तोके बमोजिमको वैठक भत्ता पाउने छन्‌।

Share this Law

दफा १०५ः परिषद्को बैठक सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.