दफा ९५ः निरीक्षकको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 355 views

१) कार्यालयको तर्फबाट सम्पादन गरिने काम तथा कर्तव्यको पालना र अधिकारको प्रयोग निरीक्षक तथा मातहतका कर्मचारीबाट तोकिए बमोजिम हुनेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन वा अन्य कानूनमा कुनै काम व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकले नै गर्नुपर्ने भनी उल्लेख भएकोमा त्यस्तो कार्य वा कारखानाको मेसिनरी तथा औजारको निरीक्षण, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विषय तथा अन्य प्राविधिक कार्य गर्ने अधिकार कार्यालयको तर्फबाट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई हुनेछ।

तर कुनै कार्यालयमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षक नभएमा अर्को कार्यालयमा कार्यरत व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई वा सम्बन्धित विषयमा जानकार प्राविधिकलाई समेत कार्यालयले निरीक्षणको काममा लगाउन र सो बमोजिम श्रम निरीक्षकले कार्यालयको तर्फबाट काम गर्न यस उपदफामा लेखिएको कुराले वाधा पुश्याएको मानिने छैन।

Share this Law

दफा ९५ः निरीक्षकको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.