दफा ८९ः मौसमी प्रतिष्ठान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 298 views

१) मौसमी प्रतिष्ठान बेमौसममा बन्द भएमा त्यस्तो प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई प्रतिष्ठान बन्द भएको अवधिभर जगेडामा राखिनेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मौसमी प्रतिष्ठान” भन्नाले कुनै खास मौसममा मात्र सञ्चालन गर्न सकिने प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले एक वर्षमा एकसय असी दिनभन्दा बढी सञ्चालन गर्न नसकिने प्रतिष्ठान समेतलाई जनाउँछ।

२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले नियमित रोजगारीमा रहेको श्रमिकलाई मौसमी प्रतिष्ठान बन्द रहेको वेमौसमको अवधिभर निजले पाउने पारिश्रमिकको पच्चीस प्रतिशत बराबरको रकम पारिश्रमिक दिनु पर्नेछ।

३) कुनै प्रतिष्ठान मौसमी प्रतिष्ठान हो वा होइन भन्ने प्रश्न उठेमा सोको निर्णय कार्यालयले गर्नेछ।

Share this Law

दफा ८९ः मौसमी प्रतिष्ठान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.