दफा ८६ः यातायात श्रमिक सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 1 minute 336 views

१) यातायात श्रमिकप्रति रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछ:-

(क) लामो दुरी (लङरुट) मा यात्रु ओसारपसार गर्ने सवारी साधन आलोपालो गरी चलाउन कम्तीमा दुई जना चालकको व्यवस्था अनिवार्य रुपमा गर्ने,

(ख) लामो दूरीमा चल्ने सवारी साधनको चालकलाई गन्तव्य स्थानमा पुग्नुअघि ठाउँ ठाउँमा आराम गर्ने व्यवस्था गर्ने,

(ग) दिनको आठ घण्टाभन्दा बढी समय काममा लगाइएको यातायात श्रमिकलाई बढी समय काम गरे बापत निजले पाउने पारिश्रमिकको डेढीका दरले पारिश्रमिक दिने,

तर यातायात श्रमिकलाई ट्रीप भत्ता, खुराकी भत्ता वा अन्य यस्तै भत्ता दिइने भएमा निजले रोजे बमोजिम त्यस्तो भत्ता वा डेढी रकममध्ये कुनै एउटा मात्र पाउनेछ ।

(घ) गन्तव्य स्थानमा नपुग्दै सवारी साधन विग्रिएर नचल्ने भएमा वा कुनै कारणले एकै स्थानमा रोकी राख्नु परेमा श्रमिकलाई सवारी साधन चालू रहेको अवस्थामा पाउने गरेको भत्ताको पचास प्रतिशत भत्ता दिनु पर्नेछ ।

(ङ) सवारी साधनमा प्राथमिक उपचारको लागि आवश्यक औषधि र स्वास्थ्योपचार सामग्री राख्ने ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

(१) “लामो दुरी” भन्नाले कानून बमोजिम निर्धारण भएको लामो बाटो (लङरुट) सम्झनु पर्छ ।

(२) “यातायातको काम” भन्नाले यान्त्रिक साधनको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँसम्म मानिस, जीवजन्तु वा मालसामान ओसारपसार गर्ने काम सम्झनु पर्छ ।

(३) “यातायात श्रमिक” भन्नाले यातायातको काममा संलग्न श्रमिक सम्झनु पर्छ ।

२) सवारी साधन चलाउने यातायात श्रमिकले सवारी साधन चलाउनु भन्दा कम्तीमा बाह्र घण्टाअघिदेखि गन्तव्य स्थानमा नपुगेसम्म मादक पदार्थ सेवन गर्नु हुँदैन ।

३) उपदफा (२) विपरीत काम गर्ने श्रमिकलाई खराव आचरण गरेको मानी सम्बन्धित रोजगारदाताले सेवाबाट हटाउन सक्नेछ ।

तर त्यसरी सेवाबाट हटाउनुअघि त्यस्तो श्रमिकलाई स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।

४) रोजगारदाताले आफ्नो स्वामित्वमा रहेको सवारी साधन बिक्री गरी वा अन्य कारणबाट स्वामित्व परिवर्तन भएको कारण सवारी साधनमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउन चाहेमा अवकाश वापत दिनु पर्ने सुविधा दिएर रोजगार सम्बन्ध अन्त्य गर्न सक्नेछ ।

तर यो व्यवस्था सवारी साधन सञ्चालन गर्ने प्रतिष्ठानको हकमा लागू हुने छैन ।

Share this Law

दफा ८६ः यातायात श्रमिक सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.