परिच्छेद – १३ विशेष प्रकृतिको उद्योग वा सेवा सम्बन्धी व्यवस्था

दफा ८५ः निर्माण श्रमिक सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 1 minute 100 views

१) निर्माण श्रमिकप्रति रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछ:

(क) निर्माणको लागि आवश्यक पर्ने औजार, उपकरण तथा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने,

(ख) निर्माण कार्यस्थल नजिक बसोबास नभएका श्रमिकलाई अस्थायी बासस्थान र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने तथा आवश्यक खाद्य सामग्रीको आपूर्तिको व्यवस्था मिलाउने,

(ग) निर्माण कार्यस्थलमा उपयुक्त सुरक्षाको प्रबन्ध गर्ने ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

(१) “निर्माण कार्य” भन्नाले भवन, सडक, पुल, नहर, शुरुङ, आन्तरिक वा अन्तरदेशीय जलमार्ग, रेलमार्ग, निर्माण कार्य वा विद्युतगृह, दूरसञ्चार, टेलिफोन वा टेलिग्राफिक संरचना र यस्तै अन्य संरचना निर्माण गर्ने कार्य सम्झनु पर्छ र सो  शब्दले सो संरचनामा यन्त्र, औजार वा उपकरण जडान गर्ने कार्य समेतलाई जनाउँछ ।

(२) “निर्माण श्रमिक” भन्नाले निर्माण कार्यमा संलग्न श्रमिक सम्झनु पर्छ ।

२) निर्माण कार्यको जिम्मा वा ठेक्का लिने व्यक्ति वा संस्था यस ऐनको प्रयोजनको लागि रोजगारदाता मानिनेछ ।

३) निर्माण श्रमिकको लागि पारिश्रमिक तथा अन्य सुविधाको दररेट निर्धारण गर्दा सम्बन्धित तहको ट्रेड युनियन र निर्माण व्यवसायी संघको अनिवार्य प्रतिनिधित्व गराउनु पर्नेछ ।

४) निर्माण श्रमिकसँग सम्बन्धित अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ८५ः निर्माण श्रमिक सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.