परिच्छेद – १२ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था

दफा ७७ः काम रोक्न निर्देशन दिने

Estimated reading: 0 minutes 81 views

१) निरीक्षण वा अन्य कुनै स्रोतबाट कुनै प्रतिष्ठानको कार्यस्थलमा श्रमिक वा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा उत्पन्न भएको वा हुन सक्ने आधार देखिएमा कार्यालयले त्यस्तो कार्यस्थलमा तत्काल काम रोक्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम निर्देशन दिँदा खतरा उत्पन्न भएको कारण र आधार समेत खुलाउनु पर्नेछ।

३) उपदफा (१) बमोजिम निर्देशन दिँदा कार्यालयले कार्यस्थलमा रहेको कुनै उपकरण सञ्चालन वा प्रयोग गर्न उपयुक्त नहुने देखिएमा त्यस्तो उपकरण प्रयोग नगर्न आदेश दिन सक्नेछ र त्यसरी आदेश दिँदा सो उपकरण वा त्यसको कुनै भागमा सिलवन्दी वा टाँचा समेत लगाउन सक्नेछ।

४) कार्यालयले उपदफा (१) बमोजिम काम रोक्न निर्देशन दिएकोमा रोजगारदाताले तत्काल काम रोक्नु पर्नेछ ।

५) यस दफा बमोजिम कार्यालयले दिएको निर्देशनका सम्बन्धमा चित्त नबुझ्ने रोजगारदाताले त्यस्तो निर्देशन पाएको सात दिनभित्र विभाग समक्ष निवेदन दिन सक्नेछ ।

६) उपदफा (५) बमोजिम परेको निवेदन उपर विभागले पन्ध्र दिनभित्र टुङ्गो लगाउनु पर्नेछ ।

७) उपदफा (६) बमोजिमको अवधिमा काम गर्न पाइने छैन ।

तर सो अवधिमा व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा उत्पन्न नभएको जानकारी कार्यालयले दिएमा काम सुचारु गर्न सकिनेछ ।

Share this Law

दफा ७७ः काम रोक्न निर्देशन दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.