परिच्छेद – १२ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था

दफा ७४ः सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्ने

Estimated reading: 0 minutes 122 views

१) वीस वा सोभन्दा बढी श्रमिक काम गर्ने प्रतिष्ठानमा रोजगारदाताले श्रमिकको समेत प्रतिनिधित्व हुने गरी तोकिए बमोजिमको सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्नु पर्नेछ।

२) उपदफा (१) को प्रयोजनको लागि श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाइएका श्रमिकलाई समेत गणना गरिनेछ।

३) उपदफा (१) बमोजिम गठित सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) कार्यस्थलमा गर्नु पर्ने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रवन्ध र त्यस्तो प्रवन्ध प्रभावकारी बनाउन रोजगारदातालाई नियमित रुपमा परामर्श दिने,

(ख) कार्यस्थलमा प्रवन्ध गरिएको सुरक्षा तथा स्वास्थ्य सम्वन्धी प्रवन्धको मूल्याङ्गन गर्ने र त्यस्तो प्रबन्धलाई अझ बढी प्रभावकारी बनाउन रोजगारदाताको ध्यान आकृष्ट गर्ने,

(ग) खण्ड (ख) बमोजिम ध्यान आकृष्ट गर्दा काम नगरेमा सोको जानकारी कार्यालयलाई दिने,

(घ) दफा ६८ बमोजिम बनाइएको सुरक्षा तथा स्वास्थ्य नीतिको हरेक वर्ष पुनरावलोकन गर्ने,

(ङ) तोकिए बमोजिमको अन्य कार्य गर्ने।

Share this Law

दफा ७४ः सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.