दफा ६२ः इजाजतपत्रको खारेजी, निलम्बन वा जरिबाना

Estimated reading: 0 minutes 297 views

१) देहायको अवस्थामा इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र खारेज गर्न सक्नेछ:

(क) श्रमिक आपूर्तिकर्ताले आफ्नो इजाजतपत्र खारेज गर्न लिखित निवेदन दिएमा, वा

(ख) श्रमिक आपूर्तिकर्ताले उपदफा (६) वमोजिम जरिवाना गर्दा समेत यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम तोकेका शर्त वा दिइएको निर्देशन उल्लङ्घन गरेमा ।

२) उपदफा (१) को खण्ड (ख) बमोजिम इजाजतपत्र खारेज गर्नुअघि सम्बन्धित श्रमिक आपूर्तिकर्तालाई आफ्नो सफाई पेश गर्न कम्तीमा सात दिनको मौका दिनु पर्नेछ ।

३) यस दफा बमोजिम इजाजतपत्र खारेज गर्ने निर्णय गरेको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र खारेज भएको श्रमिक आपूर्तिकर्ताको नेपाल सरकार वा कुनै श्रमिकप्रति कुनै आर्थिक दायित्व देखिएमा इजाजतपत्र खारेज भएको कारणबाट त्यस्तो दायित्व वहन गर्नबाट उन्मुक्ति पाउने छैन ।

५) कुनै श्रमिक आपूर्तिकर्ताले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा तोकिदिएका शर्त तथा दिइएका निर्देशन पालना नगरेमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र तोकिए बमोजिम निलम्बन गर्न सक्नेछ ।

६) कुनै श्रमिक आपूर्तिकर्ताले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा तोकिदिएका शर्त तथा दिइएका निर्देशन पालना नगरेमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको पहिलो पटकको लागि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

Share this Law

दफा ६२ः इजाजतपत्रको खारेजी, निलम्बन वा जरिबाना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.