दफा ६़१ः श्रमिक आपूर्तिकर्ताको दायित्व

Estimated reading: 0 minutes 356 views

१) श्रमिक आपूर्तिकर्ताले यो ऐन वा यस ऐन अन्तर्गत वनेको नियम बमोजिम तोकिदिएका शार्त वा निर्देशन विपरीत हुने गरी काम कारवाही गर्न पाउने छैन।

२) श्रमिक आपूर्तिकर्ताले यस ऐन बमोजिमको रोजगारदाताको हैसियतमा आफूले आपूर्ति गर्ने श्रमिकलाई यस ऐन बमोजिम निर्धारण भएकोभन्दा कम नहुने गरी नियमित रुपमा पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ।

३) मुख्य रोजगारदाताले श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका लागि कार्यस्थलमा अपनाउनु पर्ने उपाय तथा व्यवस्था वा बन्दोवस्त गरे नगरेको सम्बन्धमा श्रमिक आपूर्तिकर्ताले नियमित रुपमा जानकारी लिई बन्दोवस्त नगरेको पाइएमा तत्काल त्यस्तो व्यवस्था गर्न सिफारिस गर्नु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको सिफारिस मुख्य रोजगारदाताले कार्यान्वयन नगरेको पाइएमा श्रमिक आपूर्तिकर्ताले विभाग वा सम्बन्धित कार्यालयमा सोको जानकारी दिनु पर्नेछ ।

Share this Law

दफा ६़१ः श्रमिक आपूर्तिकर्ताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.