दफा ५९ः इजाजतपत्र लिनु पर्ने

Estimated reading: 0 minutes 330 views

१) श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले यस ऐन वमोजिम इजाजतपत्र लिनु पर्नेछ ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “कम्पनी” भन्नाले कानून बमोजिम स्थापना भएको कम्पनी सम्झनु पर्छ ।

२) इजाजतपत्र लिन चाहने कम्पनीले तोकिए बमोजिमको दस्तुर, विवरण तथा कागजात संलग्न गरी सम्बन्धित क्षेत्रको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

तर एकभन्दा बढी कार्यालय रहेको क्षेत्रमा श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतपत्र लिन तोकिए बमोजिमको दस्तुर, विवरण तथा कागजात संलग्न गरी विभाग समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा तोकिए बमोजिमको धरौटी वा बेङ्ग ग्यारेण्टी लिई पन्ध्र दिनभित्र विभाग वा कार्यालयले त्यस्तो निवेदकलाई श्रमिक आपूर्ति गर्न पाउने गरी तोकिए बमोजिमको शार्त र ढाँचामा इजाजतपत्र जारी गर्नु पर्नेछ ।

४) उपदफा (३) बमोजिम इजाजतपत्र जारी गर्दा त्यस्तो इजाजतपत्रमा नै श्रमिक आपूर्ति सम्बन्धी काम वा सेवा तथा कार्यक्षेत्र उल्लेख गर्नु पर्नेछ ।

तर एउटै कम्पनीले दुईभन्दा वढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न पाउने छैन ।

५) यो ऐन प्रारम्भ हुँदाका बखत श्रमिक आपूर्ति सम्बन्धी काम गर्ने संस्था वा व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र प्रचलित कम्पनी कानून बमोजिम श्रमिक आपूर्ति सम्बन्धी काम गर्ने कम्पनीको संस्थापना गरी यस दफा बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।

Share this Law

दफा ५९ः इजाजतपत्र लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.