परिच्छेद ५ विविध

दफा ३३: गुनासो व्यवस्थापन

Estimated reading: 0 minutes 5 views

१) क्रेता वा उपभोक्ताले कुनै व्यवसायीबाट कुनै वस्तु वा सेवा खरिद गरेको वा खरिद प्रक्रिया सुरु गरेकोमा सो उपर चित्त नबुझेमा विद्युतीय माध्यम मार्फत् वा लिखित सूचना दिई वा आफै उपस्थित भई व्यवसायीले व्यवस्था गरेको गुनासो सुन्ने जिम्मेवार व्यक्ति समक्ष वा एकाइमा गुनासो गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम कुनै गुनासो प्राप्त भएमा व्यवसायीले उक्त गुनासो दर्ता गरी सोको जानकारी विद्युतीय वा अन्य माध्यम मार्फत् क्रेता वा उपभोक्तालाई तुरुन्त दिनु पर्नेछ ।

३) उपदफा (१) बमोजिम गुनासो आएकोमा व्यवसायीले त्यस उपर छानबिन गरी पन्ध्र दिनभित्र निर्णय दिनु पर्नेछ।

४) उपदफा (३) बमोजिम गुनासोको छानबिन गर्दा सो सम्बन्धमा क्रेता वा उपभोक्ताबाट थप जानकारी माग गर्न आवश्यक भएमा गुनासो सुन्ने जिम्मेवार व्यक्ति वा एकाइले त्यस्तो जानकारी माग गर्न सक्नेछ ।

५) गुनासो सुन्ने जिम्मेवार व्यक्ति वा एकाइले क्रेता वा उपभोक्ताको गुनासो सम्बोधन गर्न सकिने भएमा सोही बमोजिम र सम्बोधन गर्न नसकिने भएमा सोको कारण सहितको लिखित जानकारी गुनासो प्राप्त भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित क्रेता वा उपभोक्तालाई दिनु पर्नेछ।

६) व्यवसायीले यस दफा बमोजिम गुनासो व्यवस्थापनको लागि विद्युतीय प्रणालीमा आधारित संयन्त्र (अनलाइन रिड्रेसल मेकानिजम्) को विकास गरी लागू गर्नु पर्नेछ।

Share this Law

दफा ३३: गुनासो व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.