परिच्छेद ४ कसुर तथा सजाय

दफा २१: कसुर गरेको मानिने

Estimated reading: 1 minute 6 views

कसैले देहायको काम कारबाही गरे वा गराएमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछः-

(क) दफा ४ बमोजिम विद्युतीय प्लेटफर्म स्थापना नगरी विद्युतीय व्यापार गरेमा,

(ख) दफा ५ बमोजिम सूचीकरण नगरी व्यवसाय सञ्चालन गरेमा,

(ग) दफा ६ बमोजिम वस्तु वा सेवा सम्बन्धी विवरण नखुलाई विद्युतीय व्यापार गरेमा,

(घ) दफा १४ को खण्ड (क), (ख) र (ङ); दफा १५ को खण्ड (क), (ख), (ङ) र (च) तथा दफा १६ को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमको दायित्व पूरा नगरेमा वा दायित्व उल्लङ्घन हुने कुनै काम गरेमा, वा

(ङ) दफा १४ को खण्ड (ग), (घ) र (च); दफा १५ को खण्ड (ग), (घ), (छ), (ज) र (झ) तथा दफा १६ को खण्ड (ङ), (च) र (छ) बमोजिमको दायित्व पूरा नगरेमा वा दायित्व उल्लङ्घन हुने कुनै काम गरेमा। 

Share this Law

दफा २१: कसुर गरेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.