परिच्छेद ३ विद्युतीय व्यापारसँग सम्बद्ध पक्षको दायित्व

दफा १७: क्रेताको दायित्व

Estimated reading: 0 minutes 3 views

१) क्रेताले यस ऐन बमोजिम विद्युतीय माध्यमबाट वस्तु वा सेवाको खरिद गर्दा क्रेता र व्यवसायीबीच भएको करार बमोजिमको दायित्व वहन गर्नु पर्नेछ।

२) क्रेताले यस ऐन बमोजिम विद्युतीय व्यापार गर्दा कसैलाई दुःख दिने मनसायले कुनै पनि कार्य गर्नु वा गराउनु हुँदैन।

३) क्रेताले यस ऐन बमोजिम विद्युतीय माध्यमबाट खरिद गरेको वस्तु वा सेवा खरिद गर्दाका बखत गरिएको करार बमोजिम प्राप्त भए वा नभएको विषयमा जाँची, हेरी यकिन गर्नु पर्नेछ र कुनै गुनासो भएमा यथाशीघ्र विद्युतीय माध्यमबाट समेत गुनासो गर्नु पर्नेछ ।

Share this Law

दफा १७: क्रेताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.