परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा ९: वस्तु वा सेवाको हस्तान्तरण

Estimated reading: 0 minutes 3 views

१) व्यवसायीले क्रेतासँग भएको करार बमोजिम निर्धारित स्थानमा र करारमा उल्लेख भए बमोजिमको कुनै खास दिन, समय वा अवधिभित्र माग भएको वस्तु वा सेवा व्यवसायीले क्रेता वा निजको प्रतिनिधिलाई हस्तान्तरण गर्नु वा गराउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम वस्तु वा सेवा हस्तान्तरण गर्दा क्रेता वा निजको प्रतिनिधि भौतिक रूपमा उपस्थित भई व्यवसायीको कुनै बिक्री केन्द्रबाट लिन चाहेमा निजलाई सोही केन्द्रबाट उक्त वस्तु वा सेवा हस्तान्तरण गर्नु पर्नेछ।

३) उपदफा (१) वा (२) बमोजिम वस्तु वा सेवा हस्तान्तरण भएमा वस्तु वा सेवा रीतपूर्वक हस्तान्तरण भएको मानिनेछ।

४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रेताले माग गरेको वस्तु चलान हुनुअघि क्रेता वा व्यवसायीले वस्तु हस्तान्तरण हुने स्थान, व्यक्ति, अवधि वा समय परिवर्तन गर्न चाहेमा र सो विषयमा दुवै पक्ष सहमत भएमा व्यवसायीले परिवर्तित स्थान, व्यक्ति, अवधि वा समयमा हस्तान्तरण गर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम स्थान वा अवधि परिवर्तन हुँदा सो बापतको शुल्क क्रेता र व्यवसायीको आपसी सहमतिमा थपघट गर्न सकिनेछ ।

Share this Law

दफा ९: वस्तु वा सेवाको हस्तान्तरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.