परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा ७: करार भएको मानिने

Estimated reading: 0 minutes 3 views

१) यस ऐन बमोजिम कुनै वस्तु वा सेवाको कारोबारको सम्बन्धमा क्रेता र व्यवसायी वा बिक्रेता र व्यवसायीबीच विद्युतीय माध्यमबाट करार भएकोमा प्रचलित कानून बमोजिम करार भएको मानिनेछ र त्यस्तो करार बमोजिम कुनै दायित्व सिर्जना भएकोमा करारका पक्षले त्यस्तो दायित्व वहन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम करार गर्दा व्यवसायीले करार सम्बन्धी प्रचलित कानूनमा उल्लिखित व्यवस्थाको अतिरिक्त त्यस्तो करारमा वस्तु वा सेवा क्रेतालाई उपलब्ध गराउने, रद्द गर्ने, फिर्ता गर्ने, सट्टापट्टा गर्ने, वारेन्टी तथा ग्यारेन्टी, रकम फिर्ता गर्ने (रिफन्ड) लगायतका आवश्यक सूचना, सर्त तथा प्रावधान खुलाउनु पर्नेछ ।

Share this Law

दफा ७: करार भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.