दफा ६: विवरण खुलाउनु पर्ने

Estimated reading: 1 minute 233 views

व्यवसायीले विद्युतीय प्लेटफर्ममा विद्युतीय व्यापार गर्ने वस्तु वा सेवाको सम्बन्धमा देहायका विवरण खुलाउनु पर्नेछः-

(क) विद्युतीय व्यापारको लागि उपलब्ध हुने वस्तु वा सेवाको नाम, प्रकृति, डिजाइन, ट्रेडमार्क, आकृति वा चित्र वा सोको सम्मिश्रण, तौल वा अन्तर्निहित तत्त्व लगायतका विवरण,

(ख) वस्तु वा सेवाको कर सहितको अन्तिम बिक्री मूल्य,

(ग) वस्तु ढुवानी वा हस्तान्तरण गर्दा थप शुल्क लाग्ने भए सोको विवरण,

(घ) वस्तु वा सेवा प्रयोग गर्दा पूर्वसावधानी अपनाउनु पर्ने भए सोको जानकारी,

(ङ) वस्तु वा सेवा हस्तान्तरण गर्न लाग्ने समय र मिति,

(च) वस्तु वा सेवाको मूल्य भुक्तानी गर्ने माध्यम वा विधि,

(छ) वस्तु वा सेवाको वारेन्टी वा ग्यारेन्टी भए सोको अवधि र सर्त,

(ज) वस्तु उत्पादन वा सेवा प्रवाह गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था,

(झ) पैठारी गरिएको कुनै वस्तु वा सेवा भए त्यस्तो वस्तु वा सेवा उत्पादन वा प्रशोधन गर्ने मुलुक,

(ञ) वस्तु वा सेवाको खरिद बिक्री पश्चात् पालना गर्नु पर्ने कुनै सर्त भए सोको विवरण,

(ट) खरिद गरेको कुनै वस्तु वा सेवा फिर्ता हुने वा नहुने, फिर्ता हुने भए सोको सर्त र अवधि,

(ठ) सेवा बिक्री भए सेवा प्राप्त गर्ने स्थान र सेवा बिक्रीको सर्त,

(ड) कुनै क्रेताले कुनै वस्तु वा सेवा माग गरेकोमा त्यस्तो वस्तु चलान (डिस्प्याच) हुनु वा सेवा प्रारम्भ हुनुअघि नै त्यस्तो माग रद्द गर्न सकिने वा नसकिने सम्बन्धी विवरण,

(ढ) वस्तुमा उत्पादन मिति, उपभोग गरिसक्नु पर्ने मिति र अन्य आवश्यक सर्त,

(ण) सर्वसाधारणले बुझ्ने भाषामा करारका मुख्य-मुख्य सर्त, र

(त) ग्राहक समीक्षा (रिभ्यु), मूल्याङ्कन (रेटिङ्ग), गुनासो तथा प्रतिक्रिया (फिडब्याक) सम्बोधन गर्ने संयन्त्र।

Share this Law

दफा ६: विवरण खुलाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.