परिच्छेद २ विद्युतीय व्यापारको सञ्चालन

दफा १२: व्यक्तिगत सूचना गोप्य राख्नु पर्ने

Estimated reading: 0 minutes 3 views

१) व्यवसायीले विद्युतीय व्यापारसँग सम्बन्धित कुनै पनि व्यक्तिको वैयक्तिक सूचना वा पहिचान जनाउने वैयक्तिक विवरणको गोप्यता कायम राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम गोप्य राख्नु पर्ने विवरण प्रचलित कानून बमोजिम बाहेक कसैलाई दिन वा आफूले प्रयोग गर्न हुँदैन।

तर करार बमोजिमको वस्तु वा सेवाको खरिद बिक्री कार्यमा संलग्न हुने क्रेता, व्यवसायी वा ढुवानीकर्ताबीच कारोबारसँग सम्बन्धित सूचना आदानप्रदान गर्न बाधा पर्ने छैन।

३) क्रेताले प्लेटफर्ममा प्रवेश गरी आफ्नो व्यक्तिगत विवरण प्रविष्ट गर्न, संशोधन गर्न तथा निजको पहिचान जनिने स्रोत बन्द गर्न सक्ने सुविधाबाट व्यवसायीले कुनै प्रयोगकर्तालाई वञ्चित गर्न हुँदैन।

४) उपदफा (२) को प्रतिकूल हुने गरी कसैले कुनै काम गरेमा प्रचलित कानून बमोजिम सजाय हुनेछ ।

Share this Law

दफा १२: व्यक्तिगत सूचना गोप्य राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.