दफा ६: विदेशी विनिमय प्राप्त गर्न नेपाल सरकारको अधिकार

Estimated reading: 1 minute 292 views

१) नेपाल सरकारले मुलुकमा आर्थिक तथा मौद्रिक सङ्कट पर्न गई विदेशी विनिमयको सङ्कट पर्न गएको अवस्थामा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी विनिमयको धनी नेपाली नागरिकलाई आफ्नो स्वामित्वमा रहेको विदेशी विनिमय देहाय बमोजिम गर्न आदेश दिन सक्नेछ:-

(क) सो सूचनामा तोकिएको विदेशी विनिमय हुने व्यक्तिले नेपाल सरकारको नाममा बैङ्कमा वा सो कामको निमित्त बैङ्कले अधिकार दिएको व्यक्ति कहाँ बैङ्कबाट निर्धारित भएको दरमा विक्रीको लागि दाखिल गर्न वा गराउन ।

(ख) सो सूचनामा तोकिएको विदेशी विनिमय पाउने हक अरूलाई प्रदान गर्ने अधिकार भएको व्यक्तिले नेपाल सरकारको नाममा बैङ्कबाट निर्धारित दरले हुन आएको मूल्य लिई त्यस्तो अधिकार नामसारी गरिदिन।

तर नेपाल सरकारले सोही सूचनाद्वारा वा अर्को आदेश जारी गरी कुनै खास व्यक्ति वा खास वर्गका व्यक्तिहरूका सम्बन्धमा उक्त आदेश लागू नहुने गर्न सक्नेछ।

२) कुनै व्यक्तिले इजाजतपत्र प्राप्त व्यक्तिबाट प्राप्त गरी बैङ्कको अनुमति लिई कुनै कामको निमित्त राखेको विदेशी विनिमयको सम्बन्धमा यो दफा लागू हुने छैन।

Share this Law

दफा ६: विदेशी विनिमय प्राप्त गर्न नेपाल सरकारको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.