दफा ७: बोनस बापत पाउने रकम र त्यसको निर्धारण

Estimated reading: 1 minute 219 views

१) कुनै कर्मचारीले एक आर्थिक वर्षमा पाउन सक्ने बोनस रकमको प्रतिशत व्यवस्थापकले उपदफा (२) बमोजिम निर्धारण गर्नेछ।

२) उपदफा (१) बमोजिम कर्मचारीले पाउने बोनस रकमको प्रतिशत निर्धारण गर्दा प्रतिष्ठानमा जुन आर्थिक वर्षको निमित्त बोनस वितरण गर्नको लागि रकम छुट्याइएको हो सो रकमलाई एक सय अङ्कले गुणन गर्दा निस्कने गुणन फलको अङ्कलाई त्यस्तो आर्थिक वर्षमा बोनस पाउने ठहरिएका कर्मचारीहरुले पाएको कुल तलब वा ज्याला रकमको अङ्कले भाग गरी निस्केको भागफलको भागफलको अङ्गलाई बोनसको प्रतिशत मान्नु पर्नेछ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले पाउने बोनस देहायको रकमभन्दा बढी हुने छैनः-

(क) नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको दोब्बर सम्म मासिक तलब वा ज्याला पाउने कर्मचारीले आफ्नो आठ महिनाको तलब वा ज्याला बराबरको रकम,

(ख) खण्ड (क) भन्दा बढी तलब वा ज्याला पाउने कर्मचारीले आफ्नो छ महिनाको तलब वा ज्याला बराबरको रकम।

४) उपदफा (३) को खण्ड (ख) बमोजिम पाउने न्यूनतम बोनस रकम खण्ड (क) बमोजिमको अधिकतम बोनस रकम भन्दा कम हुने छैन।

Share this Law

दफा ७: बोनस बापत पाउने रकम र त्यसको निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.