दफा १७ः जाहेरी दिने अवधि र हदम्याद

Estimated reading: 0 minutes 321 views

१) यस ऐन अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले छ महिनाभित्र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी 1तोकिदिएको अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बैङ्क वा वित्तीय संस्थाको कर्मचारी वा पदाधिकारीले आफू कुनै पदमा बहाल रहेको अवस्थामा बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति हिनामिना वा हानि नोक्सानी गरी बैङ्किङ्ग कसूर गरेको सम्बन्धमा त्यस्तो कर्मचारी वा पदाधिकारी उपर जहिलेसुकै पनि मुद्दा चलाउन सकिनेछ र यस्तो कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गरेपछि पनि मुद्दा चलाउन बाधा पर्ने छैन ।

1सम्बन्धित वाणिज्य इजलासले हेर्ने गरी तोकिएको । (नेपाल राजपत्र मिति २०६६।४।५ संख्या १४)

Share this Law

दफा १७ः जाहेरी दिने अवधि र हदम्याद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.