दफा १३ः बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय विवरण तयार गर्न नहुने

Estimated reading: 0 minutes 306 views

१) कर्जाको धितो स्वरुप बैङ्क वा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्ति वा गैर बैङ्किङ्ग सम्पत्तिको रुपमा रहेको बैङ्क वा वित्तीय संस्थाको चल अचल सम्पत्ति लिलाम बिक्री वा बैङ्क वा वित्तीय संस्थाको अन्य प्रयोजनको लागि मूल्याङ्कन गर्दा सम्बन्धित मूल्याङ्कनकर्ताले बढी, कम वा गलत मूल्याङ्कन गर्न हुँदैन ।

२) मूल्याङ्कनकर्ताले आफूनो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको सम्पत्तिको मूल्याङ्कन गर्नु हुँदैन ।

३) बैङ्क वा वित्तीय संस्थाबाट कर्जा वा सुविधा प्राप्त गर्ने प्रयोजनका लागि कुनै व्यक्ति, फर्म वा कम्पनी वा संस्थाले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण तयार गर्न वा गर्न लगाउन हुँदैन ।

४) लेखापरीक्षकले कुनै व्यक्ति वा संस्थाको नेपाल सरकार, विदेशी दातृ निकाय वा अन्य निकायमा पेश गर्ने एउटै मिति वा अवधिको वित्तीय विवरणमा आफ्नो राय तथा व्यहोरा नखुलाई वित्तीय विवरणहरु फरक पर्ने गरी प्रमाणित गर्नु हुँदैन।

Share this Law

दफा १३ः बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय विवरण तयार गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.